+
+

वीरगञ्जका नेकपा नेता उपचार गर्न हेलिकप्टर चार्टर्ड गरेर काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १९:२४

२१ साउन, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका नेता अरबिन्द सिंहको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर्ड गरी काठमाडौं आएका छन् ।

बुधबार एअर डाइनेस्टिको हेलिकप्टर चार्टर्ड गरी उनी काठमाडौं आएका हुन् ।

श्वास प्रश्वासमा समस्या देखिएपछि सोमबार उनी नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालमा भर्ना भएका उनको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले अरविन्दमा कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको बताए ।

‘ उहाँमा कोभिड शंकास्पद निमोनिया पनि थियो, तर पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उहाँ डिश्चार्ज भएर वीरगञ्जकै प्रभु अस्पताल जानुभएको हो’ उनले भने ।

प्रभु अस्पतालका मेडिकल डाइरेक्टर अभिषेक अर्यालले नेता सिंहमा श्वासप्रश्वासको समस्या बढ्दै गएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जानकारी दिए ।

‘श्वास फेर्न गाह्रो भइरहेको थियो, शरीरमा अक्सिजनको मात्रा पनि कम देखियो, निमोनिया पनि रहेछ । हिजो भन्दा आज स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको थियो,’ उनले भने, ‘बिरामीको अवस्था सिरियस छ । सकिन्छ भने राम्रो अस्पतालमा लैजानुस् भन्यौं, बेटर उपचारका लागि काठमाडौं रिफर गरेका हौं ।’

हेलिकप्टरबाट काठमाडौं गएका सिंहलाई सुरुमा त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर त्यहाँ बेड खाली नभएपछि उनलाई मेडिसिटी अस्पताल लगिएको नेता सिंहसँगै रहेका राजन श्रीवास्तवले जानकारी दिए । मेडिसिटीको आईसीयूमा उनको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?