+
+
Shares

एनसीसी बैंकको सीईओमा अर्याललाई निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १३:४९

२२ साउन, काठमाडौं । नेपाल क्रेडिट एन्ण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालले नै निरन्तरता पाउने भएका छन् ।

बैंकमा ४ वर्षे कार्यकाल पुरा गरेका अर्याललाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

गत १९ गते बसेकेा बैंक सञ्चालक समितिको बैठकले अर्याललाई नै सीईओमा निरन्तरता दिने निर्णय गरेको थियो । उक्त सूचना नेपाल स्कट एक्सचेञ्जले बिहीबार प्रकाशन गरेको छ ।

बैंकको सीईओको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । एक सीईओ दुई कार्यकालभन्दा बढी भने एकै बैंकमा काम गर्न पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?