+
+

अख्तियारमा कार्यरत थप २० जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १५:५७

२२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित अधिकांश प्रहरी कर्मचारी हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले अख्तियारका कर्मचारीमा संक्रमण पुष्टि भएको अनलाइनखबरलाई बताएका छन् । योसँगै आयोगमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।

संक्रमितको कन्ट्याक ट्रेसिङका आधारमा थप अधिकारीहरुको पनि कोरोना परीक्षण गरिएको छ । आयोगका सचिव सुरेशराज अधिकारीसहितको पीसीआर परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएको थियो ।

अधिकारीको रिपोर्ट नेगेटिभ आएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार आइतबार एक सय ८५ जनाको स्वाब संकलन गरेर पीसीआर जाँच गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?