+
+

कर्णालीमा ४ जना कोरोना संक्रमित थपिए, ३६ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १६:०४

२२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेत, दैलेख, जुम्ला र मुगुका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९६० पुगेको छ ।

यस्तै, कर्णालीमा बिहीबार थप ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४६ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?