Comments Add Comment

बाढी पहिरोमा परेका घाइतेका लागि पत्रकार संघको रक्तदान

चलचित्र पत्रकार संघले बाढी पहिरोमा परेका घाइतेहरुका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना संक्रमणको समयमा पनि सामाजिक दुरी कायम गरेर संघले रक्तदान गरेको भन्दै राम्रो सन्देश गएको बताए ।

चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीको विचमा पनि राम्रो उपस्थितीका विच रक्तदान कार्यक्रम सम्पन्न भएको बताए । सिटौलाले संघले आगामी दिनमा पनि समाजसँग जोडिएका बिषयहरुलाई अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment