Comments Add Comment

आंशिकमात्रै शाखा खोल्ने बैंकहरुको तयारी 

२६ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको खतरा झन बढ्दै गएको छ । देशमा कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । कोरोनाबाट मृतकको संख्या ७९ पुगेको छ । यतिबेला फ्रन्टलाइनका प्रहरीहरुमा नै संक्रमण देखिन थालेपछि जोखिम झन बढेको छ । अब अन्य क्षेत्रमा जस्तै बैंकिङ क्षेत्रमा पनि कोरोनाको जोखिम उच्च रहेको स्पष्ट भएको छ ।

देशभर पूर्ण लकडाउन हुँदा पनि बैंकहरुले सेवा बन्द गरेनन् । सबै क्षेत्रहरु बन्द भए पनि बैंकहरुले सिमित कर्मचारीहरु राखेर भए पनि सेवा सुचारु नै राखे । ४ महिना लकडाउनको अवधिमा नदेखिएको जोखिम यतिबेला बैंकिङ क्षेत्रमा देखिएको छ ।

उच्च सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि सोमबार एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमै कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण देखियो । त्यसपछि बैंकको केन्द्रीय कार्यालय नै सिल गरिएको अवस्था छ । एभरेष्टमामात्रै होइन काठमाडौं उपत्यकाबाहिरका विभन्नि ठाउँहरुमा रहेका बैंकका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ ।

एनआइशी एशिया बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुको उपत्यका बाहिरका शाखामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै भने सिभिल बैंकमा संक्रमण देखिएको बुझिएको छ ।

यसले बैंकिङ क्षेत्र पनि उच्च जोखिममा रहेको देखाएको छ । सामान्यतया अन्य क्षेत्रहरुमा भन्दा पनि बैंकिङ क्षेत्रमा सुरक्षा सतर्कता राम्रो अपनाउने गरिएको छ । सुरक्षा सतर्कता अपनाउदा अपनाउदै पनि संक्रमण देखिएपछि बैंकिङ क्षेत्र थप सजग हुनु पर्ने भन्दै सोमबार बैंकर्स संघका सदस्यहरुबीच छलफल समेत भएको छ ।

सोमबार भएकेा छलफलमा अधिकांशले बैंकका आंशिक शाखामात्रै खोलेर सेवा दिनु पर्ने धारणा राखेका छन् । ‘जोखिम निकै बढेपछि हामीले छलफल गरेका हौं’ एक बैंकका सीईओले भने, ‘अब सम्भवतः एकदुई दिनमै नयाँ निर्णय हुन्छ, हामी सिमित शाखाबाट मात्रै सेवा दिनेछौं ।’

नेपाल राष्ट्र बैंकले शुक्रबार बैंकहरुलाई अधिकांश बैंकरहरुलाई अधिकांश कर्मचारीलाई घरबाटै काम गराउन निर्देशन दिएको छ । जानै पर्ने कर्मचारीलाई पठाउने बाँकी सबैलाई ‘वर्क प|mम होम’ अनुसार काम गराउन राष्ट्र बैंकको निर्देशन छ ।

राष्ट्र बैंकको निर्देशन तत्कालै पालना गरिने ति बैंकरले बताए । आफूहरुको चाहाना अनुसार नै केन्द्रीय बैंकको निर्देशन आएकाले सबै पालना हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment