Comments Add Comment

कल्पनाको साबिती वयान : फेसबुकमा अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या गरें

२७ साउन, काठमाडौं । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।

अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।

ती महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उनले हत्या गरेको साबिती वयान दिएको प्रहरीले जनाएको छ ।  हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो ।

यो पनि पढ्नुहोस गोंगबु प्रकरण : स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि घाँटी थिचेर हत्या यो पनि पढ्नुहोस गोंगबु प्रकरण : महिला भेट्न निस्किएकै दिन हत्या !

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment