+
+
Shares

इन्डोनेसियामा कोरोनाविरुद्धको चिनियाँ खोपको तेस्रो चरणको परीक्षण शुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १५:४८

चीनको सिनोभ्याक बायोटेक लिमिटेडले इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो वा अन्तिम चरणको परीक्षण शुरु गरेको छ । सिनोभ्याकले इन्डोनेसियाको पीर बायो फर्मासँग मिलेर यो खोप बनाएको हो । मंगलबार शुरु भएको यो चरणको परीक्षण एक हजार ६२० संक्रमितमा गरिएको हो ।

सोमबार सिनोभ्याकले दोस्रो चरणको नतिजा पनि सार्वजनिक गरेको छ । दोस्रो चरणमा यो खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित पनि देखिएको छ । कोरोना भाइरसविरुद्धको खोप निर्माणको क्रममा अन्तिम चरणको परीक्षणमा पुगेका केही कम्पनीमध्ये सिनोभ्याक पनि एक हो । यसअघि नै यो कम्पनीले ब्राजिलमा आफ्नो तेस्रो चरणको कोरोना भाइरसविरुद्धको परीक्षण शुरु गरिसकेको छ । साथै सिनोभ्याकले बंगलादेशमा पनि आफ्नो खोपको परीक्षण गर्ने तयारी गरिरहेको छ ।

इन्डोनेसियामा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख २७ हजार नाघिसकेको छ । चीनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या निकै कम रहेकाले चिनियाँ कम्पनीले अन्य मुलुकमा खोप परीक्षण गरिरहेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?