+
फिफा विश्वकप २०२६ :

मेक्सिकोका क्विनोनेसले फर्काए गोल

२०८३ असार  २२ गते ७:३१ २०८३ असार २२ गते ७:३१

जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरमा कम पारेका हुन् । त्यसअघि  इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेटमा दुई गोल गर्दै २-० को अग्रता दिलाएका थिए । 

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा सहआयोजक मेक्सिकोले इंग्ल्यान्ड विरुद्ध गोल फर्काएको छ ।

जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरमा कम पारेका हुन् । त्यसअघि  इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेटमा दुई गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै बेलिङहमले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय