
३२ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले दुई हप्ताका लागि समकक्षता निर्धारण, पाठ्यसामग्री दर्ता लगायतका सेवा स्थगित गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेका कारण अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि १५ भदौसम्मका लागि स्थगित गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
केन्द्रअन्तर्गतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाबाट प्रदान गरिने सेवाहरू स्थगन गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २९ साउनमा मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित भएर बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने निर्देशन दिएको थियो ।
२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत कर्मचारी राखेर कार्यालय चलाउनु पर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4