Comments Add Comment

रौतहटमा थपिए १७ जना कोरोना संक्रमित

३२ साउन, रौतहट । रौतहटमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको मंगलबार स्वाब स‌ंकलन गरिएको थियो ।

आइतबार संक्रमण पुष्टि हुनेमा राजदेवी नगरपालिकाका १३, चन्द्रपुरका ३ र गरुडाका १ जना रहेको गुप्ताले बताए । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment