+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सप्तरीमा भदौ १५ गतेसम्म निषेधाज्ञा थप 

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते १६:३२

२ भदौ, सप्तरी । सप्तरीमा तेस्रो पटक निषेधाज्ञाको समय थप गरिएको छ । पछिल्लो पटक आगामी भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीको संयुक्त बैठकले गरेको सिफारिसको आधारमा भदौ १५ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेको र जिल्लाको विभिन्न स्थानमा संक्रमितको संख्या बढिरहेको हुँदा निषेधाज्ञा थप गरिएको आचार्यले बताए ।

सप्तरीमा यसअघि १९ साउनदेखि २६ साउनसम्म र २६ साउनदेखि २ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?