
नायिका वर्षा राउतले तीजको दिनमा ब्रत बस्न थालेको ५–६ बर्ष भयो । तर, बिहे गरेपछि भने उनको ब्रत बस्ने तरिका बदलिएको छ । रातो सारीमा सजिएकी वर्षाले अनलाइनखबरसँग भनिन्–‘बिहे अगाडि त पानी खाएर ब्रत बसेकी थिएँ । तर, गतबर्षदेखि भने पानी पनि नखाई ब्रत बस्न थालेकी छु ।’
वर्षाका अनुसार, उनले बेलुकी पूजा गरेपछि पानी र जुस पिउनेछिन् । तर, अन्न भने भोली बिहान मात्र खाने उनको भनाई छ । निषेधाज्ञाका कारण वर्षा माइतीघर जान पाइनन् । घरमै परिवारसँग रमाइलो गर्दै तीज मनाइरहेको उनले बताइन् ।
आज नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज हो । यो पर्वको अवसरमा देश तथा विदेशमा रहेका धेरै महिलाहरु ब्रत बसिरहेका छन् । विवाहित महिलाले श्रीमान्को लामो आयूको कामना गर्दै ब्रत बस्ने गर्छन् भने कतिपयले ब्रत बस्दा स्वास्थ्य पनि राम्रो हुने भन्दै ब्रत बस्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4