Comments Add Comment

सेभियाले छैटौं पटक जित्यो युरोपा लिग, लुकाकु बने हिरोबाट जिरो

६ भदौ, काठमाडौं । स्पानिस क्लब सेभियाले कीर्तिमानी छैटौं पटक युइएफए युरोपा लिगको उपाधि जितेको छ ।

लुक डे जोङको दुई गोल अनी रोमेलु लुकाकुको आत्मघाती गोल मद्दतमा सेभियाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यस सिजन युरोपा लिग च्याम्पियन बनेको हो ।

एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेभियाले इटालियन क्लब इन्टरलाई ३-२ ले हरायो । लुकाकुले पहिले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । अन्तयमा लुकाकुकै आत्मघाती गोलपछि सेभिया विजयी भएको हो ।

जर्मनीको कोलोनमा शुक्रबार राति भएको फाइनलको पाँचौ मिनेटमै लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । सेभियाका डिएगो कार्लोस्ले लुकाकुलाई फाउनल गरेपछि त्यसैमा प्राप्त पेनाल्टीमा लुकाकुले गोल गरे । इन्टरको अग्रता लामो समयम टिकेन। १३औं मिनेटमा लुक डे जोङले सेभियाका लागि बराबरी गवल फर्काए । ३३औं मिनेटमा जोङले व्यक्तिगत दोस्रो गोल गर्दा सेभियाले २-१ को अग्रता बनायो । त्यसको दुई मिनेटपछि इन्टरका डिउगो गोडिनले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि खेल रोमाञ्चक बनेको थियो । पहिलो हाफ बराबरीमै सकियो ।

दोस्रो हाफमा सेभिया भाग्यमानी बन्यो। ७४औं मिनेटमा लुकाकुले गरेको आत्मघाती गोल नै सेभियालाई जिताउन निर्णायक बन्यो । सेभियाका डिएगो कार्लोसले प्रहार गरेको ओभरहेड किकलाई लुकाकुले आफ्नै पोष्टमा गोल गरे । त्यसपछि सेभियाले अग्रता बनाउँदै खेल जित्यो ।

लुकाकुले नै गोल गर्दै इन्टरलाई अग्रता दिलाएकोमा लुकाकुले विपक्षीको लागि पनि गोल गरेपछि ९ वर्षपछि पहिलो पटक उपाधि जित्ने इन्टरको सपना पूरा हुन सकेन । इन्टरले २०११ यता कुनै पनि उपाधि जित्न सकेको छैन ।

उता सेभियाले भने युइएफए कप/युरोपा लिगको फाइनलमा कुनै पनि खेल हारेको छैन । अहिलेसम्म ६ पटक फाइनल पुग्दा सेभियाले ६ पटक नै उपाधि जितेको छ । सन् २००६ र २००७ मा लगातार उपाधि जितेको सेभियाले २०१४,२०१५ र २०१६ मा लगातार तीन पटक युरोपा लिग उपाधि जित्दै उपाधिमा ह्याट्रिक नै गरेको थियो ।

यस्तै सेभियाका प्रशिक्षक युलेन लफवेटगुईले पनि प्रशिक्षकको पमा पहिलो उपाधि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment