
६ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या १४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने धनुषा र चितवनमा भएको मृत्युलाई समावेश गर्न बाँकी नै छ ।
- सुनसरीको ६ वर्षीया बालिकाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर उनको कहाँ र कहिले मृत्यु भएको विवरण प्राप्त हुन सकेन ।
- सुनसरीको धरान-१५ का ६७ वर्षका कोरोना संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । उनमा २७ साउनमा संक्रमण पुष्टि भएको थियो ।
- भक्तपुरमा ७३ वर्ष पुरुषको मेडिकेयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका उनको शुक्रबार नै स्वाब संकलन गरिएको थियो । तर मृत्युपछि पोजेटिभ रिपोर्ट आएको छ ।
- मकवानपुरको हेटौंडा-४ का ५६ वर्षीय पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ । निमोनियाबाट पीडित उनको बिहीबार नै मृत्यु भएको थियो तर कोरोना संक्रमण भएको रिपोर्ट भने शनिबार मात्र आएको छ ।
- मकवानपुरकै हेटौंडा-३ की ६५ वर्षीया महिलाको मृत्यु भएको छ । ३२ साउनमा पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको शनिबार साँझ मृत्यु भएको हो ।
- भदौ ३ मा मृत्यु भएका सिराहाको मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनको भदौ २ गते स्वाब संकलन भएको थियो, तर मृत्यु भएको तीन दिनपछि मात्र संक्रमण भएको रिपोर्ट आएको छ ।
- पर्साको बहुदरमाई नगरपालिका-४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ ४ मा संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत उनको शनिबार विहान निधन भएको हो ।
- बाराको जितपुरसिमरा-१ का ८ वर्षका पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणको पुष्टि भएपछि गण्डकमा भर्ना भएका उनलाई शुक्रबार नेपाल प्रहरी अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको छ ।
६३४ जनामा कोरोना संक्रमण पुष्टि
यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा मात्र २१६ जनामा संक्रमित थपिए । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4