Comments Add Comment

सुटिङ सुरु नहुँदै ‘चिसो मान्छे’को प्रदर्शन मिति तय

चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति तय गरिएको छ । निर्देशक दिपेन्द्र के खनाल र उनको टिमले चलचित्रको छायांकन प्रारम्भ नगर्दै यसको प्रदर्शन मिति तय गरेको हो । यो चलचित्रलाई वि.सं २०७८ साल भदौ ११ गतेबाट रिलिज गर्ने निर्देशक खनालले बताएका छन् ।

दिपेन्द्रले कोभिडको संक्रमण चाडै सकिने आशा राख्दै चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि ‘चिसो मान्छे’को निर्माण प्रक्रिया अगाडि बढाएको बताएका छन् । यसैले, चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको उनको तर्क छ ।

यो चलचित्रले सामाजिक कथालाई प्रस्तुत गर्ने निर्माणपक्षको भनाई छ । शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गर्दैछिन् ।

निर्माण भएर प्रदर्शनका लागि तयार भएका चलचित्रका निर्माताले समेत चलचित्रको प्रदर्शन मिति तय गर्न नसकिरहेको अवस्थामा दिपेन्द्र र शर्मिलाले भने कलाकार पनि फाइनल नभएको चलचित्रको प्रदर्शन मिति तय गरेका छन् । के उनीहरुले भनेकै मितिमा चलचित्र रिलिज होला त, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment