९ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित भागेका छन् ।
उनलाई राखिएको कोठामा नभेटेपछि उनी भागेको आशंका गरिएको छ । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय ती पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए ।
उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौ ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो ।
मंगलबार विहानैदेखि अस्पतालमा नभेटिएपछि उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4