Comments Add Comment

माफी मागेपछि साइबर क्राइमको उजुरी फिर्ता

१० भदौ, कतार । सार्वजनिक रुपमा नेपाली युवकले माफी मागेपछि कतारको साइबर क्राइममा दिइएको उजुरी फिर्ता लिइएको छ ।

मकवानपुरको बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले ‘पुर्वेली कान्छो’ फेसबुक आइडी प्रयोग गर्दै आएका उदयपुर गाईघाटका चित्रबहादुर कामीविरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइवर क्राइममा दिएको उजुरी फिर्ता लिएकी हुन् । चित्रबहादुरले उर्मिलासँग माफी मागेका छन् भने आर्थिक कारोबारसम्बन्धी लेनदेन मिलाउने कागजसमेत गरेका हुन् ।

फोन, भ्वाइस तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गरेको, अपशब्द प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै मकवानपुरे चेलीले कतारको साइवर क्राइममा उजुरी दिएकी थिइन् ।

चित्रबहादुरले सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकोप्रति सार्वजनिक माफी माग्दै आफूबाट गल्ती भएको स्र्वीकार गरेका छन् भने अब यस्तो गल्ती नदोहा¥याउने भन्दै माफी मागेका हुन् ।

उनले मकवानपुरे चेलीलाई प्रयोग गरी एउटै कम्पनीका अन्य महिला कामदारबाट ब्याज दिन्छु भनी लिएको रकममा आधा रकम फिर्ता गरेको र बाँकी रकम एक महिनाभित्र फिर्ता गर्ने शर्तमा सम्बन्धित महिला कामदारहरुको नाममा कागज पनि गरेका छन् ।

राष्ट्रिय मानव अधिकार समिति दोहा कतारको कार्यालयमा पीडित र पीडक दुबै पक्षबीच मिलापत्र पश्चात साइबर क्राइममा दिइएको उजुरी पीडित युवतीले फिर्ता लिएकी हुन् ।

राष्ट्रिय मानव अधिकार समिति दोहा कतारका प्रतिनिधि मोहम्मद रमजान अली मियाँ, विश्वकर्मा समाजका सल्लाहकार पिताम्बर विश्वकर्मा, मकवानपुर मिलन केन्द्र अन्तर्राष्ट्रिय समन्वय परिषद संयोजक सरोज पुडासैनी लगायतको उपस्थितिमा पीडित र पीडक पक्षबीच मिलापत्र भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment