Comments Add Comment

विनय, शिल्पा र संजोगको ‘लभ सुत्र’

नायकद्धय विनय श्रेष्ठ, संजोग कोइराला र नायिका शिल्पा मास्के दर्शकमाझ ‘लभ सुत्र’को साथमा आउने तयारीमा छन् । यो ५ एपिसोडको वेव सिरिज हो । जसको करिब एक सातासम्म छायांकन भएको थियो । तर, दोश्रो चरणको लकडाउन भएपछि यसको काम रोकिएको छ ।

यो सिरिजमा सुरक्षा पन्त, रविन्द्र झा, साजन श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहनेछ । ओम प्रकाश अग्रवाल र विनय श्रेष्ठले यो सिरिजको निर्माण गरिरहेका छन् ।

बाबु श्रेष्ठले छायांकन गरेको सिरिजमा निमेष श्रेष्ठको सम्पादन छ । यो सिरिजले प्रेमको कथा भन्छ । हल खुल्ने टुंगो नभएपछि केही निर्देशकहरुले वेव सिरिजको निर्माण गरिरहेका छन् । वुझिएअनुसार, हरेक भागलाई २० देखि २५ मिनेटमा देखाउने गरि छायांकन गरिएको छ ।

चलचित्रकै शैलीमा यो सिरिज खिचिएको वुझिएको छ । ‘अहिले सिरिज भनेर खिचिएपनि यसलाई चलचित्रकै शैलीमा खिचिएको छ । चलचित्रकै रुपमा पनि प्रदर्शन हुन सक्छ ।’, एक सदस्यले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment