
२५ भदौ, सुर्खेत । सुर्खेतमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
पश्चिम सुर्खेतको बराहाताल गाउँपालिका-१ सुगुरखालका सुरजबहादुर वलीको घरमा बुधबार राति चट्याङ पर्दा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
डीएसपी घर्तीका अनुसार मृत्यु हुनेमा सुरजकी चार वर्षीया छोरी रोशनी वली र उनका भाइका छोरा ११ वर्षीय विनोद वलीको घटना स्थलमै मृत्यु भएको हो ।
घटनामा सुरजकी १० वर्षीया छोरी गंगा वली, १२ वर्षीया छोरी अमृता वली र ७ वर्षीय छोरा जय वली घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि कणर्ाली प्रदेश अस्पताल वीरेन्द्रनगर, कालागाउँमा ल्याइएको डीएसपी घर्तीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4