Comments Add Comment

सप्तरी कारागारका थप ९ कैदीबन्दीमा कोरोना संक्रमण

२५ भदा, जनकपुरधाम । सप्तरी कारागारका थप ९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कारागारका ९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार ४८, ६२, ३२, २४, ६४, ४० र २५ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार कारागारका ३५ र २४ वर्षीय दुई जना पुरुष सुरक्षा गार्डमा पनि संक्रमण देखिएको छ ।

यस कारागारका ६ जना कैदीबन्दी, एक जना सवारी चालक र २ जना प्रहरीमा यसअघि नै कोरोना संक्रमण देखिएको थियो ।

बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालका ३३ र ३८ वर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, राजविराज ३ का ७१ र वडा नम्बर ६ का २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment