 
																			३० भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका कारण एक हजार ५४ जनाको मृत्यु भएको हो ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४९ लाख ३० हजार २३७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८३ हजार ८०९ नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा भारतमा थपिएका नयाँ संक्रमितको संख्या एक साताकै कम हो । यसअघि निरन्तर ९० हजारभन्दा धेरै नयाँ संक्रमित देखिँदै आएका थिए ।
भारतमा अहिलेसम्म कोरोना भाइरसका ३८ लाख ५९ हजार चार सय संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । नौ लाख ९० हजार ६१ संक्रमित निको हुन बाँकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4