+
+

सिराहा कारागारका थप १ सय ४८ कैदीबन्दीमा कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३० गते १९:४८

३० भदौ, जनकपुरधाम । सिराहा कारागारका थप १ सय ४८ कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार थप १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको कारागारका निमित्त प्रमुख बविताकुमारी महतोले जानकारी दिइन् । संक्रमित सबै पुरुष हुन् ।

कारागारमा रहेका दुई जना आश्रित बालबालिकासहित १७ जना महिला कैदीबन्दीमा यसअघि नै कोरोना संक्रमण भइसकेको छ ।

योसँगै कारागारमा संक्रमित हुनेको संख्या २ सय ४१ पुगेको कारागार प्रमुख महतोले जानकारी दिइन् ।

संक्रमित सबैलाई कारागारकै आइसोलेसनमा राखिएको छ ।

१ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?