Comments Add Comment

नीति कथा : अन्धेरी नगरी, चौपट राजा

उहिलेको कुरा हो । कोशी नदीको किनारमा एक सन्त आफ्ना शिष्यकासाथ कुटी बनाएर बस्थे । दुबैको धेरैजसो समय भजन कीर्तन, ईश्वरको आराधानामा बित्दथ्यो ।

एक पटक दुबैजना देशको भ्रमणमा निस्किए । गुरु–शिष्य घुम्दैफिर्दै एक अनौठो राज्यमा पुगे । त्यहीँ एउटा बगैंचामा कुटी बनाएर बसे । गुरुले शिष्यलाई एक रुपैयाँ दिएर भने, ‘बजारमा गएर केही राम्रो सब्जी लिएर आउनु ।’

शिष्य गंगाधर जब सब्जी बजारमा गएर मूल्य सोध्न थाले, आश्चर्यमा परे । किनभने त्यहाँ हरेक चिज एक रुपैयाँ सेरको भाउमा बिक्री भइरहेको थियो । सब्जी मात्र होइन, दुध, दही एवं मिष्ठान्न खानेकुरा पनि ।

उनले सोचे, सब्जी र रोटी त दिनहुँ खाएकै हो । आज किन एक सेर मिठाई नलाने ? उसले सब्जीको साटे एक सेर राम्रो मीठाई खरिद गरेर खुसी हुँदै कुटीमा फर्किए ।

उनले गुरुलाई सबै कुरा बताए । गुरुजी ध्यानमग्न भएर भने, ‘शिष्य गंगाधर, जति चाडो हुन्छ यो स्थान हामीले त्याग्नुपर्छ । किनभने यो अन्धेरी नगरी जस्तो लाग्छ, यहाँका राजा महचौपट र मूर्खाधिराज छन् । जुनसुकै बखत हाम्रो प्राणमाथि संकट आउन सक्छ ।’

तर, शिष्यलाई यो कुरा पटक्कै मन परेन । उनले भने, ‘गुरु जी, मलाई यही स्थानमा बस्न रुची छ । यदि तपाईंको आदेश हुन्छ भने म केही दिन यही बस्नेछु ।’

गुरुजी उनको कुरा सुनेर हाँस्न थाले । उनले भने, ‘ठीक छ शिष्य, सस्तो मिठाई खाएर ज्यान बनाउँ । यदि कुनै संकट आएमा मलाई याद गर्नु ।’ यति भनेर उनी त्यहाँबाट हिँडे ।

शिष्य गंगाधर हरेक विहान नगरमा भिक्षाटनका लागि निस्कन्थे र जुन एक दुई रुपैयाँ प्राप्त हुन्थ्यो, त्यसबाट राम्रो मिठाई किनेर खान्थे । यसरी केही महिना गुज्रियो । मस्त खाएर उनी मोटा पनि भए ।

एक दिन त्यहाँ यस्तो घटना भयो ।

गरिब विधवा कलावतीको बाख्रा पण्डित दीनदयालाके खेतमा लगाइएको बालीमा पस्यो । दीनदयाल औधी रिसाए र उनले बाख्रालाई जोडले पिटे । बाख्रा म¥यो । विधवा कलावती न्याय माग्दै राजाकहाँ पुगिन् । उनको कुरा सुनेपछि राजाले हुकुम दिए, ‘ज्यानको बदला ज्यान लिनुपर्छ ।’

सिपाहीले दीनदयाललाई पक्राउ गरेर राजाकहाँ ल्याए । राजाले दीनयालसँग भने, ‘यो बाख्रालाई जिउँदो बनाउनु पर्छ या त तैलें फांसीम चढ्नुपर्छ ।’ बाख्रालाई जिउदो बनाउन संभव थिएन । उनी फांसी चढ्न बाध्य भए ।

दीनदयाल दुब्लो–पातलो व्यक्ति थिए । दुब्लो भएकै कारण फांसीको डोरी उनको घाँटीमा खुकुलो भयो । जल्लादले राजसँग भने, ‘यसको गला भन्दा फांसीको डोरी धेरै ठूलो भयो । खुकुलो भयो ।’ तब राजा केहीक्षण सोचमग्न भए ।

केही क्षणपछि राजाले जल्लादलाई बोलाएर आदेश दिए, ‘जाउ, आसपासमा कोही मोटा छन् भने उसैलाई फांसी दिनु ।’

जल्लाद नगर प्रहरीलाई लिएर माटो व्यक्तिको खोजीमा निस्कियो । जब उनीहरु गंगाधरका कुटी अगाडिबाट हिँड्दै थिए, तब उनीहरुले देखे एक मोटो व्यक्ति तेल मालिस गर्दै बसिरहेका छन् । अन्ततः उनीहरुले त्यही मोटो व्यक्ति अर्थात गंगाधरलाई पक्राउ गरेर फांसी दिने ठाउँमा पु¥याए । उनले रुदै राजा समक्ष भने, ‘सरकार मैले के कुसूर गरेको थिए र आखिरमा फांसीमा चढ्नुपर्ने भयो ?’

राजाले स्पष्टसँग भने, ‘फांसीको डोरी तेरो गलाको नापसँग मिल्दो छ । त्यसैले तैले नै फांसीमा चढ्नुपर्छ ।’

जब उनलाई फांसीका लागि तख्तामा चढइयो, तब उनले गुरुजीको अन्तिम वचन सम्झिए । गुरुजीले भनेका थिए, ‘केही संकट परेमा मलाई सम्झनु ।’

अतः उनले राजासँग विन्ती गर्दै भने, ‘ठीक छ म फांसीमा चढौंला । तर, एकछिन मलाई आफ्नो गुरुको ध्यान गर्न दिनुहोस् ।’ उनले ध्यान गरेपछि गुरु त्यहाँ प्रकट भए । त्यसपछि गुरुले शिष्यको कानमा केही भने ।

जब गंगाधरलाई फांसीका लागि तयार गरियो, तब गुरुजी अघि सर्दै भने, ‘हुन्न हुन्न, पहिले मलाई फांसी देउ । गंगाधर भन्दा त म मोटो छु ।’ उता गंगाधर पनि आफु नै फांसीमा चढ्ने भन्दै तँछाडमछाड गर्न लागे ।

मर्नका लागि पनि दुबैको यस्तो होडबाजी देखेर राजाले रिसाउदै कराए, ‘फांसीको नाम सुन्नसाथ सबैको होश उड्छ । तिमीहरु चाहि किन फांसीमा चढ्नका लागि मरिहत्ते गर्दैछौं ?’

गुरुजीले शान्तसाथ भने, ‘राजन, अहिले जुन मुर्हुत छ यस्तो हजारौं वर्षमा एक पटक, एक क्षण मात्र आउँछ । यस घडीमा जसले फांसीमा चढ्छन्, उसले अर्को जन्ममा आफ्नो राज्यबाट पाँच गुना बढी राज्य वैभव प्राप्त गर्नेछ ।’

अन्धेरी नगरीका राजा मूर्ख र चौपट थिए । उनी अत्यान्तै लोभी र छोटो वुद्धिका थिए । उनले शिष्यलाई हप्काउँदै भने, ‘कंगाल, तेरो अनुहार ऐनामा हेरेको छस् ? फांसीमा चढ्नका लागि तिमीहरु भन्दा त म लायक छु । म नै फांसीमा चढ्नेछु ।’

कुनै सोचविचार नगरी उनी फांसीमा चढे ।

तब शिष्य गंगाधर गुरुजीसँग अन्धेरी नगर छाडेर अन्तै गए । त्यही समय चलेको उखान हो, ‘अन्धेरी नगरी, चौपट राजा, टके सेर भाजी टके सेर खाजा ।’

भारतिय नाटककार भारतेन्दु हरिश्चन्द्रका सर्वकालिन नाटक ‘अन्धेरी नगरी चौपट राजा’बाट यो अंश लिइएको हो । उनलाई हिन्दी साहित्यका पितामह भनिन्छ । उनको रचनामध्ये ‘अन्धेरी नगरी’ सर्वाधिक लोकप्रिय रह्यो । ६ अंकको यो नाटकले विवेकहिन र निरंकुस शासन व्यवस्थामाथि व्यंग गर्दै आफ्नै कुबुद्धिले शसकको पतन भएको देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment