 
																			२ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने व्यक्ति घाइते भएका छन् ।
अनामनगरका मनिष श्रेष्ठ माइतीघरमा प्रहरीले कुटपिट गर्दा घाइते भएका हुन् । प्रदर्शनमा सहभागी बद्रिप्रसाद ढुंगानाले बताएअनुसार प्रहरीको कुटाइबाट घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले भने प्रदर्शनका क्रममा लडेर श्रेष्ठ घाइते भएको दाबी गरेका छन् ।
शुक्रबार नै बानेश्वरमा पनि प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको प्रहरीले संविधान दिवसको सन्दर्भमा अनलाइनखबरलाई प्रतिक्रिया दिइरहेका सर्वसाधारणलाई लाठी हानेको थियो ।
यसअघि बिहीबार पनि प्रहरीले माइतीघरमा १०० समूहका युवा अभियन्ता बब्लु गुप्तालाई कुटपिट गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4