Comments Add Comment

बार्सिलोनाका तेस्रो सर्वाधिक गोलकर्ता सुआरेज एट्लेटिकोमा अनुबन्धित

८ असोज, काठमाडौं । उरुग्वेली फरवार्ड लुइस सुआरेजले स्पानिस क्लब बार्सिलोनाबाट प्रतिस्पर्धी क्लब एट्लेटिको मड्रिड पुगेका छन् । क्याटलान क्लब बार्सिलोनाका लागि तेस्रो सर्वाधिक गोलकर्ता रहेका सुआरेजले बार्सिलोनामा ६ वर्ष बिताउदा १३ ट्रफी जिते ।

सुआरेजले बार्सिलोनाका लागि २८३ खेलमा १९८ गोल गरेका छन् । उनी लिओनल मेसी र सेजार भन्दा मात्र पछि छन् ।

बार्सिलोनार  एट्लेटिको दुबै क्लबले सुआराजले ट्रान्सफरबारे सहमति भएको विज्ञप्तीमार्फत जनाएको छ । बार्सिलोनाले सुआरेजलाई बिहीबार बिदाई गर्ने जनाएको छ ।

एट्लेटिकोले सुआरेजलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको तर सुआरेजका लागि एट्लेटिकोले विभिन्न तरिकाले ६ मिलियन युरो तिर्ने स्पानिस अनलाइन मार्काले जनाएको छ ।

क्याम्प नोउ क्लबमा अझै एक वर्ष सम्झौता बाँकी रहेपनि सुआरेज र बार्सिलोनाले सम्झौता रद्द गर्ने सहमति गरेका हुन् । मार्काका अनुसार सुआरेजले एट्लेटिकोमा दुई वर्षको सम्झौता गर्नेछन् ।

सुआरेजले एट्लेटिकोमा कर कटाएर प्रत्येक वर्ष ९ मिलियन युरो कमाउनेछन् ।

बार्सिलोना छाडेर सुआरेज युभेन्ट्स जाने चर्चा भएपनि युभेन्ट्सले एट्लेटिको मड्रिडका अल्भारो मोरोटालाई लोनमा अनुबन्ध गरेपछि सुआरेज एट्लेटिको जाने बाटो खुलेको थियो ।

२०१४ मा लिभरपुलबाट बार्सिलोना पुगेका सुआरेजले त्यहाँ रहँदा ४ पटक ला लिगा ४ पटक कोपा डेल रे १ च्याम्पियन्स लिग १ युइएफए सुपर कप २ स्पानिस सुपर र कप र १ क्लब वर्ल्डकपको उपाधि जिते । साथै उनले एक पटक सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेका थिए ।

सुआरेज यस सिजन बार्सिलोना छाड्ने चौथो खेलाडी समेत बनेका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोएमन आएपछि मिडफिल्डरद्वय इभान राकिटिक र अर्टुरो भिदाल अनी डिफेण्डर नेल्सन सेमेडोले बार्सिलोना छाडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment