+
+
Shares

दार्चुलाको होटलमा सई मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते ११:१७

९ असोज, दार्चुला । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् ।

महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् ।

उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थिए । हुती जाने क्रममा उनी होटलमा बास बसेका थिए ।

उनी बाथरुममा लडिरहेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल दार्चुलामा लगिएको थियो । तर डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।

सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?