+
+
Shares

दक्षिण कोरियाली अधिकारी मारिएकोमा उत्तर कोरियाले माग्यो माफी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते १३:१२

९ असोज, काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा माफी मागेका छन् । उत्तर कोरियाले दक्षिण कोरियालाई पठाएको पत्रमा किमले यो घटनामा गल्ती भएको भन्दै उनले माफी मागेका हुन् । साथै उनले आफू दक्षिण कोरियाली अधिकारीको मृत्युप्रति निराश रहेको पनि उल्लेख गरेका छन् । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मून जाइ इनले यो घटनाको भर्त्सना गरेका थिए । उनीमाथि यो घटनाको विषयलाई लिएर राजनीतिक दबाव पनि उल्लेख्यरुपमा बढेको थियो ।

यसअघि सोमबार डुङ्गमा अनुगमनको क्रममा गएका दक्षिण कोरियाली अधिकारी हराएका थिए । पछि उनी उत्तर कोरियाको समुद्रमा फेला परेका थिए । बिहीबार दक्षिण कोरियाले उनलाई गोली हानी हत्या गरिएको र जलाइएको बताएको थियो ।

उत्तर कोरियाले यो घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको बताएको छ । उत्तरका अनुसार उसको पश्चिमी समुद्र सीमामा यो घटना भएको हो । जहाँ दक्षिण कोरियाली अधिकारीमाथि १० राउण्ड फायर गरिएको थियो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?