Comments Add Comment

दुई महिनामा पाँच करोड किलो चिनी आयात

९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ ।

गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपछि परिमाणत्मक बन्देज गाएको थियो ।  अन्तर्राष्ट्रिय भन्सार कारोबार संकेत (हार्मोनाईजेसन कोड) १७०११३९० र १७०११४९० मा शुद्ध चिनी आयात हुन्छ । |

नेपालमा वाषिर्क २२ करोड ६७ लाख किलो चिनी खपत हने अनुमान गरिन्छ । भन्सारको आयात तथ्यांकअनुसार झण्डै चार महिनालाई पुग्ने चिनी व्यापारीहरुले चालु आवको दुई महिनामै भित्र्याएका छन् ।

नेपाली उत्पादकले उत्पादन गरेको र सहुलियतमा सरकारले वितरण गर्ने चिनीको मौज्दात रित्तिएसँगै चिनीको आयात बढेको हो । चिनी व्यापारीको भर परेर अर्थमन्त्रालयले समयमै सहुलियतको चिनी खरिद गर्ने सहमति नदिँदा बजारमा अहिले सहुलियतको चिनीको हाहाकार छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्टट्रेडिङले ७२ रुपैयाँ किलोमा बिक्री गर्ने चिनी सकिएपछि चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ हाराहारी पुगेको छ ।

आयात बढेपनि चिनीको मूल्य नघट्दा व्यापारीको नाफा बढेको छ भने अझ लामो समयलाई मौज्दात हुनेगरी चिनीको आयात हुँदा स्वदेशी चिनी नबिक्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।

नेपाली उत्पादकले वषिर्क एक लाख ७० हजार मेटि्रकटन हाराहारी मात्रै चिनी उत्पादन गर्ने गरेका छन् । साल्ट ट्रेडिङ र खाद्यले खरिद गर्ने सहुलियतको चिनी अझै आई सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment