९ असोज, काठमाडौं । विश्वका सबैभन्दा धनी फुटबलरको रुपमा चिनिएका २२ वर्षीय फाइक बोल्कियाहलाई लिस्टर सिटीले पोर्चुगलको मारिटिमो क्लबलाई बेच्ने निर्णय गरेको छ ।
लिस्टर सिटीले आफ्नो कुनै पनि व्यावसायिक खेलमा उनलाई सहभागी नगराउँदै पोर्चुगलको कम्पनीलाई बेच्ने निर्णय गरेको हो । उनी सन् २०१५ को अन्तिममा लिस्टर सिटीमा आबद्ध भएका थिए ।
२२ वर्षीय बोल्कियाह ब्रूनाईका सुल्तानका भतिज हुन् । उनीसँग २० अर्ब डलरको सम्पत्ति रहेको बताइएको छ । सानैमा एएफसी न्युबरीमा फुटबल खेल्दै आएका उनले सन् २००९ मा साउथाम्प्टनको चर्चित क्लबसँग एक वर्षको सम्झौता गरेका थिए । सन् २०१३ मा उनी ट्रायलको रुपमा आर्सनल गएका थिए ।
सन् २०१४ मा उनी दुई वर्ष अनुबन्धन गरेर चेल्सी गएका थिए । तर, सन् २०१५ को डिसेम्बरमा उनले चेल्सी छाडे र लिस्टर सिटीमा आबद्ध भएका थिए । फाइकले अहिलेसम्म ब्रूनाइको लागि नौ खेल खेलेका छन् भने अहिलेसम्म एक गोल गरेका छन् ।
स्रोत : द सन
प्रतिक्रिया 4