+
+

सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १२:०७

नायिका साराअली खानले चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा नायक सुशान्त सिंह राजपुतसँग आफ्नो प्रेम रहेको बताएकी छिन् । एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएको भारतीय मिडियाले दाबी गरेका छन् ।

उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए । साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र छायांकनका क्रममा सुशान्तको घर केप्रीमा गएको बताएकी छिन् । उनले, सुशान्तसँग केही समय उनको घरमा रहेको र ५ दिनका लागि थाइल्याण्ड टुरमा पनि गएको बयान दिएकी छिन् ।

उनले भनेकी छिन्–‘केदारनाथको सुटिङका क्रममा सुशान्तले ड्रग्स लिएका थिए । म उनको पार्टीमा सहभागी हुन्थेँ । तर, मैले आफै ड्रग्स भने सेवन गरेकी छैन ।’

केही दिन अगाडि मात्र सुशान्त सिंह राजपुतको फार्महाउसका म्यानेजर रइसले सुशान्तले सारालाई प्रपोज गर्ने तयारी गरेको दाबी गरेका थिए । उनले सन् २०१९ को जनवरीपछि सारा सुशान्तको फार्म हाउसमा नगएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?