२० असोज, काठमाडौं । अफगानिस्तानका शिर्ष क्रमका ब्याट्सम्यान नाजीब टाराकाईको सडक दुर्घटनामा मृत्यु भएको छ ।
गत साता पूर्वी नांगरहारमा सडक पार गर्ने क्रममा एक कारले टाराकाईलाई ठक्कर दिएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार उनको मृत्यु भएको पुष्टि गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमार्फत अफगानिस्तान क्रिकेट बोर्डले उनको मृत्युको पुष्टि गरेको हो । टाराकाईले अफगानिस्तानको लागि एक टी–ट्वान्टी र १२ एकदिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । उनी टोलीका ओपनिङ ब्याट्सम्यानको रुपमा खेल्थे ।
प्रतिक्रिया 4