Comments Add Comment

ईश्वर  निराकार, विकारहित र निर्बाध छन्

धेरै मान्छेले ईश्वर र भगवान्लाई एउटै अर्थमा बुझ्ने गर्छन् । तर यो आफैँमा गलत छ । ईश्वर को हुन् र भगवान् को हुन् भन्ने बारेमा उपनिषद्मा धेरै कुरा उल्लेख गरिएको छ । जस्तो भगवान् भनेको एउटा निश्चित सत्कर्म गरेपछि पुजिने पद हो भने ईश्वर भनेको अजेय, अपरम्पार, अदृश्य आदि विशिष्ट गुण युक्त हुन्छन् ।

सूर्यको ध्यान गर्नको लागि उल्लेखित गायत्री मन्त्र सबैले सुनेकै होलान् ।

ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यम् भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।

अर्थात्, उस प्राणस्वरूप, दुःखनाशक, सुखस्वरूप, तेजस्वी, पापनाशक, परमात्मालाई हामी अन्तःकरणमा धारण गर्न सकौं । ती परमात्माले हाम्रो बुद्धिलाई सत्मार्गमा लाग्न प्रेरित गर्नुहोस् ।

उपनिषद्मा ब्रह्म वा परब्रह्म भनेर उल्लेख गरिएको छ । हरेक व्यक्तिको शरीरमा रहेको ब्रह्म र त्यो ब्रह्म व्यक्तिको शरीर छाडेपछि जसको सहारामा जान्छ, त्यो ठाउँ परब्रह्म हो । तिनै ईश्वर हुन्, जो सम्पूर्ण भगवानभन्दा माथिल्लो स्तरम छन् ।

–परब्रह्म परमात्मा अजेय र शाश्वत सत्य छन् । हिन्दू धर्मशास्त्र वेदमा भगवान्लाई ‘ब्रह्मा’ भनिएको छ । ब्रह्मालाई प्रणव, सच्चिदानन्द, परब्रह्मा, ईश्वर, परमेश्वर र परमात्मा पनि भनिन्छ । यस कारणले हिन्दु धर्मलाई ’ब्रह्मवादी’ धर्म पनि भनिन्छ । यो ब्रह्मको सार उपनिषद् (वेदान्त) र गीतामा वर्णन गरिएको छ ।

परब्रह्म परमात्मा को हुन् ?

– ब्रह्म सत्य छन्, उनी न पुरुष हुन् न महिला । केवल ब्रह्मा हुन् । जसले आफूलाई चिन्छ उसले मात्र परमेश्वरलाई चिन्न सक्छ।

–ईश्वरको सत्तासम्म पुग्न केवल दुई तरिकाहरू छन्ः शरणगति र ध्यान । यी दुई मार्गहरू अभ्यास र जागरूकतामार्फत प्राप्त गर्न सकिन्छ ।

– ‘अहं ब्रह्मास्मि’ म ब्रह्म हुँ । ‘तत्वस्मी’ भनेको तिमी ब्रह्म हौ भन्ने पूर्वीय मान्यता हो ।

–शरीरमा हुँदा ब्रह्मले पनि आत्मा जागृति, सपना र निद्राको अनुभव गर्दछ । यस समयमा आत्मा अनावश्यक र लगातार गतिशील विचारहरू राख्न मस्तिष्कको क्षमताबाट प्रभावित हुन्छ ।

–ईश्वर न त भगवान् हुन् न त देवी न ब्रह्मा, विष्णु र महेश नै ।

– ईश्वर पृथ्वी, पानी, आगो, हावा र आकाश पनि होइनन् ।

–    ईश्वर दूर्गा, राम, कृष्ण र बुद्ध वा अरु भगवान् पनि होइनन् ।

– ईश्वर न त बुबा हुन् न आमा नै न गुरु नै हुन् ।

– उनी अजेय हुन् र अमर पनि हुन् ।

ईश्वर कहाँ छन् ?

–ईश्वर एक छन्, जो समय र ठाउँबाट प्रभावित हुँदैन ।

– ईश्वर सर्वव्यापी छन्, न कि पृथ्वी र स्वर्गमा ।

– सृष्टि स्थिति र संहारले ईश्वरलाई प्रभाव पार्दैन ।

–ईश्वर सबैको प्राणमा छन् र सबैको प्राण ईश्वरबाट नै परिचालित हुन्छ । हामी त केवल निमित्त मात्रै हौं ।

– ईश्वर मान्छेभन्दा टाढा पनि छन् र नजिक पनि छन् ।

– मान्छेले मायाको आवरणले ईश्वरलाई विश्वास गर्दैनन् ।

– जो विगत, वर्तमान र भविष्यमा समेत व्याप्त छ ।

ईश्वर के हो ?

– ईश्वर भगवान शुद्ध ज्योति हुन् तर प्रकाश होइनन् ।

– ईश्वर भगवान एकमात्र छन्, अनेक छैनन् ।

– क्लेष, कर्म, विपाक र आशय यी चारको असीम सम्बन्ध केवल ईश्वरसँग छ । ईश्वर यो ब्रह्माण्डको एकमात्र चिज हो जो कसैको बन्धनमा छैन ।

– ईश्वर निराकार, विकारहित र निर्बाध छन् ।

–भगवान दयालु, मायालु र संसारको हेरचाहकर्ता हुन् ।

– ईश्वर सच्चिदानन्द छन् । त्यो हो सत, चित् र आनन्दको रूप । संसार चेतनाबाट उत्पन्न भएको छ । यस संसारको सबैभन्दा ठूलो आकर्षण ’आनन्द’ हो । संसार केवल सुखको लागि उत्पन्न भएको हो र शुद्ध आनन्दको अनुभूति विरलै हुन्छ ।

ईश्वरले के गर्छन् ?

–ईश्वरको कुनै सन्देशवाहक छैन । सन्देशवाहकहरू देवीदेवताहरू हुन् । ऋषिहरूले भगवानका वचन सुने र वेद जस्तो अपौरुषेय ग्रन्थको रचना गरे । वेदका ऋचाहरु ईश्वरीय शब्दहरू हुन्, जसले आदेश र सन्देश प्रवाह भन्दा पनि विज्ञानको खोजी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment