+
+
Shares

वितरणमुखी बजेटलाई सुधार्नुपर्छ : मुख्यमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २३ गते १८:०३

२३ असोज, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिले तीनै तहका सरकारले वितरणमुखी बजेट प्रस्तुत गरिरहेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताएका छन् ।

‘बजेटलाई अहिले पनि छर्ने परिपाटी रहेको छ, यसलाई हामीले अन्त्य गर्नुपर्छ’ शुक्रबार प्रदेश नीति तथा योजना आयोगले तयार पारेको ‘दिगो विकासका लक्ष्यहरू ः बागमती प्रदेशको अवस्था तथा मार्गचित्र’ बिमोचन गर्दै उनले भने ।

मुख्यमन्त्री पौडेलले मौलिक हकको प्रत्याभूति हुने गरी बजेट कार्यान्वयन गर्नुपर्ने दायित्व तीनै तहको सरकारको भएको पनि बताए ।

उनले आयोगले राखेका लक्ष्य पूरा गर्न केही चुनौती भए पनित्यसका लागि सरकारी र गैरसरकारी, निजी र सामुदायिक क्षेत्रबीच रणनीतिक साझेदारी हुन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?