+
+

झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १०:०७

ड्रग्सको मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप रियाको छ ।

रियाले सीवीआइको नाममा लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो बयान दिएको उल्लेख गरेकी छिन् ।

डिम्पलले मिडियासँग कुरा गर्दै जुन १३ मा सुशान्त र रियाको भेट भएको बयान दिएकी थिइन् । तर, सीबीआइको छानविनका क्रममा रिया र सुशान्तवि जुन १३ मा भेट भएको खबर झुटो निस्किएको थियो । नायक राजपुतले जुन १४ मा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए ।

डिम्पलको बयानपछि केही मिडियाले रियामाथि मिडिया ट्रायल नै गरेका थिए । सीबीआइले छानविनका क्रममा डिम्पलको बयान झुटो निस्किएपछि उनलाई संझाएर छाडिदिएको थियो । तर, अब भने रियाले डिम्पलमाथि कारवाहीको माग गरेकी छिन् ।

डिम्पलले मिडियासँग कुराकानी गर्दै जुन १३ को बेलुकी साढे ६ बजे सुशान्त रियालाई छाड्न उनको अपार्टमेन्टसम्म आएको बताएकी थिइन् । यो झुटो खबर फैलाउने मिडियामाथि पनि कारवाहीको तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?