Comments Add Comment

खानपानको सही छनौट

उमेर चरण अनुसार हामीले आफ्नो खानपान शैली र मात्रा पनि बदल्नुपर्छ । एउटा उमेर हुन्छ, जतिबेला हामीलाई पर्याप्त खानेकुरा जरुरी हुन्छ । शरीरको तिब्र विकास भइरहेको बेला हामीले खानेकुराबाटै पुग्दो पोषक तत्व लिनुपर्ने हुन्छ । त्यसो त त्यो उमेरमा हाम्रो पाचन तन्त्र पनि बलियो हुन्छ । खानेकुराहरु सजिलै पचाउने क्षमता हुन्छ ।

तर, उमेर ढल्कदै गएपछि भोजनको मात्रा र शैली बदल्नुपर्छ । एउटा निश्चित उमेरसम्म हामीलाई भरपेट खाना जरुरी हुन्छ भने, उमेर ढल्कने क्रम सुरु भएसँगै खानाको मात्रा घटाउनुपर्छ । यद्यपि खानाको मात्रा घटाएपनि त्यो सन्तुलित र पोषिलो भने हुनैपर्छ ।

जति जति उमेर ढल्कदै जान्छ, शरीरका लागि सन्तुलित आहार त्यत्ति न जरुरी हुन्छ । शरीरलाई स्वस्थ तथा तन्दरुस्त राख्नका लागि पनि सन्तुलित तथा पोषणतत्वयुक्त आहार चाहिन्छ ।

विज्ञहरु सुझाव दिन्छन्, स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो दैनिक आहारमा फलफुल तथा ताजा सागसब्जीको मात्रा बढाउनुहोस् । त्यस्तै, शरीरका लागि आवश्यक प्रोटिनका लागि केस्रायुक्त मासु, माछा, मासु, बदाम तथा गेडागुडी खानुहोस् ।  तर, ख्याल गर्नुपर्ने के भने यस्ता खानेकुरा रोज्दा चाहिँ कम क्यालोरी, न्युन फ्याट तथा सोडियमको मात्रा कम भएको खानेकुरामात्र रोज्नुहोस् ।

कम क्यालोरी तथा फ्याटको मात्रा कम भएको खानेकुरा खोज्न खासै समस्या पर्दैन । तर सोडियमको मात्रा कम भएको खानेकुरा खोज्न चाहिँ निकै समस्या हुन्छ ।

बजारमा सामान खरीद गर्दा कहिल्यै त्यसमा टासिएको लेभलबारे ध्यान दिनु भएको छ ? ध्यान दिनुभएको छ भने, तपार्इंहरुले एउटा कुरा पक्कै याद गरेको हुनुपर्छ, उक्त लेवलमा सोडियमबारे कहीकतै उल्लेख गरिएको पाइँदैन ।

चिकित्सकहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन शरीरका लागि फाइदाजनक मानिदैन । विशेषगरी, उच्च रक्तचाप भएका तथा मुट सम्बन्धि समस्या भएका मानिसहरुका लागि त यो झनै राम्रो मानिदैन ।  त्यसैले त, चिकित्सकहरु जंकफुड, फास्टफुडका नुन प्रयोग अधिक मात्रामा गरिएको खानेकुरालाई आफ्नो खनामा सामेल नगर्न सुझाव दिने गर्छन् । तर कैफिन ?

अमेरिकास्थित एकेडेमी अफ न्युट्रिसन तथा डायटिटिक्सका अनुसार सन्तुलित मात्रामा कैफिनको सेवन मुट सम्बन्धि समस्या, टाइप २ मधुमेह, पार्किन्सन्स रोग तथा केही क्यान्सर सम्बन्धि रोगहरुका लागि  फाइदाजनक मानिन्छ ।

यद्यपी, बुढाबुढी तथा उच्च रक्तचापबाट ग्रसित व्यक्तिहरुको स्वास्थ्यमा भने यसले नकारात्मक असर  सक्ने एकेडेमीले जनाएको छ । त्यस्तै, पर्याप्त मात्रामा दूध हालेको कफीको सेवनले उमेर पुगेका मानिसहरुको शरीरमा क्याल्सियम तथा भिटामिन डीको पूर्ति गर्ने समेत एकेडेमीले जनाएको छ ।

त्यसबाहेक पनि यस्ता धेरै खानेकुरा छन्, जो शरीरका लागि फाइदाजनक छ । त्यसमध्यको एक हो, रेशेदार खानेकुराको सेवन । एभोकाडो, हरियो मटर, बदाम, शखरखण्ड, मकै लगायतका रेशेदार खानेकुरा उच्च रेशेदारयुक्त खानेकुरा हुन्, जुन हामीले आफ्नो नियमित खानामा समावेश गर्न जरुरी छ । एक्लै बस्ने तथा आफै पकाउनेहरुका लागि  गा¥हो पनि हुनसक्छ ।  यद्यपि आफ्नो खानामा फलफुल, हरिया साजसब्जी, प्रोटिन तथा चिल्लोरहित दूधजन्य पदार्थलाई समावेश गर्न कहिल्यै नभुलौं  । मदिराको सेवन कम गर्न समेत यसले मद्दत पु¥याउँछ ।  कति मानिसले आफ्नो छाकमा कुखुरालाई समावेश गरेको पाइन्छ । तर त्यस्ता खानेकुरा खानु अघि यसलाई उसिन्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment