+
+

कुमारी बैंकका ग्राहकले पवन मिठाई भण्डारमा ५ प्रतिशत छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १९:५७

कुमारी बैंकका ग्राहकले पवन मिष्ठान अन्तर्गतका मिठाई पसलका खाद्यवस्तु किन्दा ५ प्रतिशत छुट पाउने भएका छन्।

ग्राहकले गुणस्तरीय मिठाईहरुमा आकर्षक छुट प्राप्त गरी हर्षोल्लासका साथ तिहार मनाउन सकुन् भन्ने अभिप्रायले बुटवलस्थित पवन मिष्ठान भण्डारसँग उक्त सम्झौता गरिएको बैंकले बताएको छ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरे।

बैंकले देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?