Comments Add Comment

निर्णायक राज्यमा ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडनबीच निर्णायक राज्यहरुमा कडा प्रतिस्पर्धा देखिएको छ ।

मतदानको प्रारम्भिक नतिजामा बाइडन अगाडि देखिएका छन् तर ट्रम्पले पनि उनलाई पछ्याइरहेका छन् । निर्णायक राज्यको अन्तिम नतिजा आउन बाँकी छ । यस्तोमा निर्णायक राज्यको नतिजाको आधारमा अमेरिकाको आगामी राष्ट्रपति को बन्ने भन्ने निर्क्योल हुनेछ ।

अहिलेसम्म घोषणा भएको ५० मध्ये ३४ राज्यको नतिजा अनुसार बाइडनले २०५ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले १३६ इलेक्टोरल भोट पाएका छन् । यद्यपि जर्जिया, फ्लोरिडा, पेन्सिल्भानिया, विस्कोन्सिन, मिशिगन, एरिजोना, टेक्सास, नर्थ क्यारिलोनाको नतिजा राष्ट्रपति चयनको लागि महत्वपूर्ण हुनेछ । यी सबै राज्यमा ट्रम्प र बाइडनको बीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।

यद्यपि अहिलेसम्मको मतगणनामा एरिजोनाबाहेकका उल्लेखित निर्णायक राज्यमा भने ट्रम्पको अग्रता देखिएको छ । अहिलेको अग्रता कायम राख्न सके ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनेछन् । तर, यी राज्यमा बाइडन पनि धेरै पछाडि नरहेकाले कुनै पनि समयमा उनले ट्रम्पलाई पछि पार्न सक्ने विश्लेषकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment