Comments Add Comment

कोरोना संक्रमित मन्त्री शाहलाई हेलिकप्टरबाट काठमाडौं लगिँदै

२१ कात्तिक, कैलाली । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिने भएको छ ।

१५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए ।

नाकबाट रगत बग्न थालेपछि अस्पताल भर्ना भएका मन्त्री शाहलाई शुक्रबार थप उपचारको लागि काठमाडौं लगिने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ । नाकबाट रगत बग्न रोकिएपछि अस्पतालबाट बिहीबार साँझ उनलाई डिस्चार्ज गरिएको थियो ।

चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि शुक्रबार काठमाडौं लैजाने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिव जंग विकले जानकारी दिए  ।

सामाजिक बिकास मन्त्रालयले मन्त्री शाहलाई काठमाडौं पठाउने तयारी गरिरहेको छ । ‘चाँडै हेलिकप्टरबाट मन्त्री ज्यूलाई काठमाडौं पठाउने तयारी भइरहेको छ’ सामाजिक विकास मन्त्री कृष्ण सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment