२३ कात्तिक, काठमाडौं । बार्सिलोनाका युवा फुटबलर अन्सु फाती तीनदेखि पाँच महिनासम्म मैदानबाट बाहिर रहन सक्ने डाक्टरहरुले बताएका छन् ।
शनिबार स्पेनिस ला लिगामा बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराएको खेलमा उनी घाइते भएका थिए । विपक्षी खेलाडीले गरेको फाउलमा उनको घुँडामा चोट लागेको थियो भने बार्सिलोनाले पेनाल्टी पाएको थियो ।
उनलाई लियोनेल मेस्सीले विस्थापित गरे । शनिबार आएको फातीको मेडिकल परीक्षणको नतिजामा उनको घुँडाको इन्टेरियर मेनिस्कसमा असर परेको पाइएको हो ।
रिपोल एण्ड डे प्राडो क्लिनिकका डाक्टर रिपोलले उनलाई चोटमुक्त हुन पाँच महिनाको समय लाग्न सक्ने बताए । फाती लामो समयसम्म मैदानमा फर्किनु नपाउनुले बार्सिलोनालाई धक्का पुगेको छ ।
यसअघि गत सिजनमा पनि बार्सिलोनाका युस्माने डिम्बेले र लुइस स्वारेज लामो समयसम्म मैदानमा आउन नपाउने भएपछि बार्सिलोनाले हतारहतार मार्टिन ब्रेथवेटलाई भित्र्याएको थियो ।
स्रोत : मार्का डटकम
प्रतिक्रिया 4