Comments Add Comment

प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा बस्दै

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेता छलफलमा बस्ने भएका छन् । अध्यक्ष प्रचण्डले दिउँसो चार बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् ।

यसअघि नै सचिवालयका बहुमत सदस्य (प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) हरु धुम्बाराहीमै बसेका थिए । त्यसबेलाको बैठकलाई अनौपचारिक बैठक भनिएको थियो । त्यही बैठक पछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन दुई पेज लामो लिखित पत्र बुझाइएको थियो ।

तर, प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन तयार नभएपछि फेरि म‌गलबार पाँच नेता छलफलमा जुट्ने भएका हुन् । तर, यो बैठक औपचारिक हुने वा नहुनेबारे भने टुंगो लागिसकेको छैन ।

ओली र प्रचण्डबीच दूरी बढेसँगै पार्टी विभाजनको खतरा बढेको छ । प्रचण्डले बहुमत सदस्यहरुसहित बैठक बस्दै आएका छन् भने ओलीले आफू निकट नेताहरुसँग लगातार छलफल गरिरहेका छन् । गएको कात्तिक १५ मा प्रचण्डसँगले ओलीले पार्टी विभाजनको प्रस्ताव राखेको जानकारी बाहिरिएपछि नेकपाको संकट बढेर गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment