+
+
Shares

घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १७:३१

२५ कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एकजना प्रहरी हवल्दारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार शिवचन्द्र साहानीविरुद्ध मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा प्रहरी हवल्दार साहानीले जातीय विभेद सम्बन्धी मुद्दामा सहजीकरण गरिदिए बापत उक्त रकम घुस लिएको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?