Comments Add Comment

बंगलादेशविरुद्ध छिरिङको डेब्यु, भरत बने कप्तान

२ मंसिर, काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टिमको कप्तानी भरत खवासले गरेका छन्  । प्रशिक्षक बाल गोपाल महर्जनले स्ट्राइकर भरतलाई कप्तानीको जिम्मेवारी दिएका हुन् । पहिलाे खेलमा गाेलकिपर किरण चेम्जाेङले नेपालकाे कप्तानी गरेका थिए ।

यस्तै दोस्रो मैत्रीपूर्ण खेलमार्फत डिफेन्डर छिरिङ गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलाे पटक राष्ट्रिय टिममा परेका छिरिङले दाेस्राे खेलमा अवसर पाएका हुन् । गाेलकिपिङमा किरण चेम्जोङ यथावत रहँदा डिफेन्डरमा सुमन अर्याल र अजित भण्डारीको स्थानमा रन्जित धिमाल र छिरिङ गुरुङले स्थान बनाएका हुन् ।

यस्तै मिडफिल्डर विक्रम लामाको स्थानमा एरिक बिष्टले सुरुवातदेखि नै खेल्ने छन् । दर्शन गुरुङले समेत सुरुवाती-११ मै स्थान बनाएका छन् । एरिक र दर्शन पहिलाे खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।
पहिलाे खेलमा खेलेकाे नेपाली टिममा आज ५ खेलाडी परिवर्तन गरिएकाे छ ।

नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ
डिफेन्डर : रन्जित धिमाल, विकास खवास, अनन्त तामाङ, छिरिङ गुरुङ
मिडफिल्डर : तेज तामाङ, एरिक विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, अन्जन बिष्ट
स्ट्राइकर : भरत खवास (कप्तान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment