+

विश्वकप छनोट : अर्जेन्टिनाको तेस्रो जित

२०७७ मंसिर  ३ गते ८:०० २०७७ मंसिर ३ गते ८:००
विश्वकप छनोट : अर्जेन्टिनाको तेस्रो जित

३ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले तेस्रो जित हात पारेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको हो । पेरुको मैदानमा भएको खेलको १७औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेटिनालाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन ।

छनोट चरणमा अपराजित यात्रा कयाम राखेको अर्जेन्टिना ४ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेनटिना बाहेक ब्राजिल र पाराग्वे पनि छनोटमा अपराजित रहेको छ । लगातार चौथो जित हात पार्ने क्रममा उरुग्वेलाई २-० ले पराजित गरेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ ।

अर्जेन्टिना विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय