Comments Add Comment

‘विश्वमा वन्यजन्तुको जनसंख्या चिन्ताजनक रूपमा घटेको छैन’

मेरुदण्ड भएका अधिकांश वन्यजन्तुहरु – स्तनपायी, उभयचर, चरा, सरिसृप र माछा समुहको जनसंख्या स्थिर रहेको एक अध्ययनले देखाएको छ । प्रत्येक दुई वर्षमा सार्वजनिक हुने पर्यावरणको क्षेत्रमा काम गर्दै आएको समुह डब्ल्यूडब्ल्यूएफले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

डब्ल्यूडब्ल्यूएफले सन् १९७० देखि मेरुदण्ड भएका वन्यजन्तुको जनसंख्याको गणना गर्दै आएको यो अध्ययनमा सहभागी शोधकर्ताहरुले १४ हजार हाड भएका वन्यजन्तुको निरीक्षण गरेका थिए । अध्ययनअनुसार जनसंख्या सबैभन्दा छिटो घटेका एक प्रतिशत वन्त्यजन्तुलाई हटाउने हो भने समग्र संख्याको आधारमा बाँकी वन्यजन्तुहरुको संख्या स्थिर रहेको देखिन्छ ।

गत सेप्टेम्बर महिनामा डब्ल्यूडब्ल्यूएफको लिभिङ प्लानेट इन्डेक्सले सबै जनावरको जनसंख्या औसतमा ६८ प्रतिशतले घटेको देखाएको थियो । यसले विश्वको ध्यान आकर्षित गरेको थियो ।

‘सबै जनसंख्याको ट्रेन्डलाई एउटै अंकमा गाभेर हेर्दाश समग्र जनसंख्या नै घटिरहेको देखिएको आभाष भएको हो’, नयाँ अध्ययनका वरिष्ठ शोधकर्ता ब्रियन लेउङले बताए । यद्यपि प्राप्त प्रमाण भने यो तथ्यसँग मेल नखाने उनको भनाइ छ ।

कुनै कुनै क्षेत्रमा कुनै प्रजातिको जनसंख्यामा भने ठूलो गिरावट आएको छ । जस्तो कि एसिया–प्यासिफिक क्षेत्रमा चरा र अमेरिकी क्षेत्रमा सरिसृपको जनसंख्यामा कमी आएको छ । तर, यो संख्यालाई समग्र औसतमा मिसाउँदा भने यसले गलत सन्देश दिने लेउङको भनाइ छ ।

यसअघि सार्वजनिक भएको इन्डेक्सको अर्थ विश्वभरका समग्र वन्यजन्तुको संख्यामा ६८ प्रतिशत कमी आयो भन्ने किसिमको नरहेको लेउङले बताए । जनसंख्यामा ठूलो कमी आएका केही प्रजातिको संख्या पनि समग्र संख्यामा राखेर औसत निकाल्दा समग्र जनसंख्यामा नै ठूलो कमी आएको जस्तो देखिएको शोधकर्ताहरुको भनाइ छ । यद्यपि जनसंख्यामा ठूलो कमी आएका केही वन्यजन्तुलाई हटाउने हो भने वन्यजन्तुको जनसंख्या समग्रमा स्थिर नै देखिएको छ ।

यद्यपि बाँकी ९९ प्रतिशत वन्यजन्तुको जनसंख्या पनि सब ठीकठाक भने नरहेको वैज्ञानिकहरु बताउँछन् । उनीहरुका अनुसार सबैभन्दा धेरै जनसंख्या बढेका र सबैभन्दा धेरै जनसंख्या घटेका १०÷१० प्रतिशत वन्यजन्तुलाई आधार मानेर हेर्ने हो भने सन् १९७० यता वन्यजन्तुको जनसंख्यामा ४२ प्रतिशतको गिरावट आएको छ । लेउङले आफूहरुको उद्देश्य जैविक विविधताको समस्या छैन भन्ने देखाउनु नरहेको बताए । यद्यपि यो समस्या यसअघि अनुमान गरिएभन्दा कम रहेको उल्लेख गरे ।

स्रोत: एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment