Comments Add Comment

मालान चम्केपछि इंग्ल्याण्डद्वारा टी-२० सिरिज क्लिन स्वीप

१७ मंसिर, काठमाडौं । डेविड मालानले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९९ रन बनाएपछि दक्षिण अफ्रिकालाई तेस्रो खेलमा ९ विकेटले पराजित गर्दै इंग्ल्याण्डले तीन खेलको सिरिज क्लिन स्वीप गरेको छ ।

यसअघि नै दुई खेल जित्दै सिरिज कब्जा गरिसकेको इंग्ल्याण्डले तेस्रो खेलमा १९२ रनको लक्ष्य १४ बल बाँकी छँदै मात्र १ विकेट गुमाएर पूरा गरेको हो ।

इंग्लयाण्डलाई शानदार जित दिलाउन मालानले अविजित ९९ रन बनाए । यस्तै जोस बटलरले अविजित ६७ रन योगदान गरे । ओपनर ज्यासन रोए भने १६ रन बनाए बउट भए ।

मालानले ४७ बल खेल्दै ११ चौका र ५ छक्का मद्दतमा ९९ रन बनाएका हुन् । यस्तै ४६ बल खेलेका बटलरले ३ चौका र ५ छक्का प्रहार गरे ।

यस क्रममा मालान र बटलरले दोस्रो विकेटको लागि कीर्तिमानी साझेदारी गरे । यी दुईले दवस्रो विकेटका लागि अविजित १६७ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान बनाए ।

यसअघि श्रींलकन जोडी मायला जयबर्दने र कुमार सांगाकारले सन् २०१० मा वेष्टइन्डिज विरुदभ १६६ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।

त्यसअघि केपटाउनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली दक्षिण अफ्रिकाले फाप डु प्लेसिस र रासी भान डेर डुसानको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउर १९१ रन बनाएको थियो ।

डुसानले उत्कैष्ट ब्याटिङ गर्दै ३२ बलमा अविजित ७४ रन बनाए । उनले समान ५ चौका र छक्का प्रहार गरे । डु प्लेसिसले ३७ बलमा ५ चौका र ३ छक्का मद्दतमा ५२ रन जोडे । यी दुईले चौथो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे ।

यस्तै तेम्बा बाभुमाले ३२ रन बनाए । बलिङमा इंग्लयाण्डका लागि बेन स्टोक्सले २ तथा क्रिस जोर्डनले १ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच इंग्ल्याण्डा मालान घोषित भए । मालान नै प्लेअफ अफ दि सिरिज समेच चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment