Comments Add Comment

चिनियाँ विमान चन्द्रमामा सफलतापूर्वक अवतरण

१७ मंसिर, काठमाडौं । मंगलबार चिनियाँ अन्तरिक्षविमान चाङ ई-५ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । चीनको यो मिसन चन्द्रमाको नमुना संकलनको लागि पठाइएको पछिल्लो ४० वर्षको पहिलो मिसन हो ।

चीनको नेशनल स्पेस एडि्मनिस्ट्रेसनले् दिएको जानकारी अनुसार उक्त विमान चन्द्रमाको पृथ्वीबाट देखिने भागमा अवतरण भएको हो साथै यसले त्यहाँको फोटो पनि पठाएको छ ।

चीनले हाईनान प्रान्तबाट उक्त मानवरहित विमान गत नोभेम्बर २४ मा चन्द्रमामा पठाएको थियो । यसले चन्द्रमाका्े सतहको नमुना संकलन गरेर ल्याउनेछ । यसको सहयोगमा चन्द्रमाको उत्पत्ति र सौर्य प्रणालीको विषयमा थप अध्ययन गर्न वैज्ञानिकहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले चिनियाँ अन्तरिक्ष विमानको सफलतापूर्वक अवतरण हुनुलाई ऐतिहासिक कदम भएको बताएकी छिन् । यसले अन्तर्राष्टिय सहकार्य र अन्तरिक्षको शान्तिकपूर्वक प्रयोगको लागि सहयोग पुग्ने उनको भनाइ छ ।

चीनको यो मिसनअन्तर्गत चन्द्रमाबाट दुई किलो नमुना संकलन गरेर पृथ्वीमा ल्याउने योजना छ । यदि यो योजनामा चीन सफल भए चन्द्रमाबाट नमुना संकलन गरेर पृथ्वीमा ल्याउनेमा अमेरिका र रुसपछि चीन तेस्रो मुलुक बन्नेछ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment