+

बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडी बोलायो

२०७७ मंसिर  १७ गते १४:१४ २०७७ मंसिर १७ गते १४:१४
बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडी बोलायो

१७ मंसिर, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि अखिल  नेपाल फुटबल संघ (एन्फा)ले ५८ खेलाडीलाई बोलाएको छ ।

बंगलादेशसंग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी ३४ खेलाडी र अरु २४ जना थप खेलाडीलाई अन्तरिम मुख्य  प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

कप्तान विराज महर्जन, आदित्य चौधरी, विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी पनि बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

विराज २०७६ सालयता राष्ट्रिय टिममा परेका छैनन् । विश्वकप छनोट अन्तर्गत नेपालले यसअघि खेलेका खेलमा विराज सहभागी थिएनन् ।

विमल, सन्तोष र दिनेश एक वर्षपछि राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका हुन् । एक वर्षअघि विश्वकप छनोटअन्तर्गत कुवेतसँग भुटानमा खेल्न जानुअघि नाइट क्लबमा गएको पाइएसँगै अन्जन विष्ट र यी तीन खेलाडीमाथि एन्फाले अनुशासनको कारबाही गरेको थियो । अन्जनले गत वर्षको लिगमा राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिममा पुनरागमन गरिसक्दा विमल, सन्तोष र दिनेश भने प्रतीक्षामै थिए ।

फुटबल टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गर्ने एन्फाले जनाएको छ । सन् २०२२ मा हुने फिफा विश्वकप र २०२३ मा हुने एएफसी एसियन कपको छनोटको लागि लामो तयारी गर्न एन्फाले धेरै खेलाडीलाई क्याम्पमा बोलाएको हो ।

यही डिसेम्बर १२ मा खेलाडीहरु एन्फाको होस्टलमा जम्मा हुने र त्यसपछि बन्द प्रशिक्षणमा सहभागी हुने एन्फाले जनाएको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु को को हुन् ? 

गोलकिपर : किरण कुमार लिम्बु, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की र देव लिम्बु ।

डिफेण्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ. निसान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रञ्जदिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन मोक्तान र रोहित चन्द ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापा मगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दीपेश आले मगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई र नितिन थापा ।

फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विष्ट ,राजिव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ ।

एन्फा खेलकुद फुटबल बालगोपाल महर्जन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय