+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बेला प्रकाशन’ले थाल्यो दुई पुस्तकबाट परीक्षण प्रकाशन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते १७:१३

१७ मंसिर, काठमाडौं । खगेन्द्र संग्रौलाको ‘कोरोना कैरन’ र आहुतिको ‘जात वार्ता’ पुस्तकबाट नयाँ प्रकाशन संस्था ‘बेला पब्लिकेसन्स’ले आफ्नो प्रकाशन–यात्रा सुरु गरेको छ ।

गैरआख्यान पुस्तक ‘कोरोना कैरन’मा संग्रौलाका २७ वटा नवीन निबन्धहरु सङ्गृहित छन् । ‘कोरोना कैरन संग्रौलाका अनुभव र अनुभूतिको निजी शृंखला मात्र होइन, सामान्य जनले भन्न खोजेका र भन्न चाहेका कुराहरुको सिलसिलाबद्ध प्रकटीकरण पनि हो,’ बेला पब्लिकेसन्सका सम्पादक विनोदविक्रम केसीले भने, ‘भोकले मर्ने सप्तरीका मलर सदादेखि आफूलाई कोरोना भाइरस सल्केपछि अरुका ज्यान बचाउने पवित्र ध्येयले आफ्नो ज्यान लिने इटालीकी नर्स ड्यानिएला ट्रेज्जीसम्मलाई यो कैरनमालाले समेटेको छ । खासमा यो पुस्तक दुखियाहरुको खबरमाला हो ।’

लामो समयदेखि नेपाली समाजको वर्गचरित्रबारे चिन्तन गर्दै आएका लेखक तथा राजनीतिज्ञ आहुतिको नयाँ पुस्तक ‘जात वार्ता’ दक्षिण एसियामा विद्यमान जात व्यवस्था, त्यसले उत्पादन गरेका समस्या र त्यसको उन्मुलनको परियोजनाका विषयमा केन्द्रित छ । ‘जात वार्ता’ पुस्तक पनि प्रस्तावनासहित २७ अध्यायमा विभाजित छ ।

कोरोना महामारी र जात व्यवस्था आजको नेपाली समाजलाई प्रभाव पारिरहेका सबैभन्दा ज्वलन्त विषय भएकाले यिनै विषयमा आधारित गैरआख्यान पुस्तकबाट आफूहरुले प्रकाशन प्रारम्भ गरेको बेला पब्लिकेसन्सका चिफ प्रोडक्सन अफिसर वन्दना ढकालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?