Comments Add Comment

युरोपा लिग : टोटनहम अन्तिम ३२ मा प्रवेश, लेस्टर पराजित

१९ मंसिर, काठमाडौं । लण्डन क्लब टोटनहम युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । यसअघि नै अन्तिम ३२ मा पुगिसकेको लेस्टर सिटी भने पराजित भएको छ ।

समूह जे अन्तर्गत गएराति भएको खेलमा अष्ट्रियन क्लब एलएएकसकेसँग ३-३ को बराबरी खेल्दै टोटनहमले एक खेलअघि नै नकआउट चरणमा स्थान पक्का गरेको हो ।

टोटनहमका लागि गारेथ बेल, हेउनमिन सन र डेली अलीले गोल गरे । घरेलु मैदानमा एलएएसकेका लागि पिटर मिचोरी, जोहाने एगेस्टेन र मामएडोउ कारामोकोले गोल गरे । कारामोकोले अन्तिम समयमा गोल गरेपछि खेल बराबरी भएको थियो ।

बराबरीपछि ५ खेलबाट १० अंकसहित टोटनहम दोस्रो स्थानमा छ । समान अंकसहित रोएल एन्तवर्प शीर्ष स्थानमा छ । टोटनहमले अन्तिम खेलमा एन्तवर्पसंग खेल्नेछ र उक्त खेल जितेमा समूह विजेता बन्नेछ । यस्तै एलएएसके ७ अंकसहित तेस्रो स्थानमा छ । एलएएसकेले अन्तिम खेलमा अंकविहीन रहेको लुडोगोरेट्स राजगार्डसँग खेल्नेछ ।

उता समूह जी को खेलमा लेस्टर जोयासँग १-० ले पराजित भएको छ । जोयाका लागि एलाहयार स्याडमानेसले ८४औं मिनेटमा निर्णायक गोल गरे । यस्तै अर्को खेलमा एइके एथेन्सलाई ४-२ ले पराजित गर्दै एससी ब्रागा पनि अन्तिम ३२ मा प्रवेश गरेको छ ।

५ खेलपछि लेस्टर र ब्रागाको समान १० अंक छ तर गोलअन्तरमा लेस्टर अघि छ लेस्टरला२ हराएको जोयाले ५ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ तर नकबउट चरणमा पुग्न असफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment